arin enterprises

संक्रमण दरमा हिजाेभन्दा ४ प्रतिशतले वृद्धि

SamacharDesk – बिकाश | २०७८ आश्विन १८, सोमबार

कमी आउँदै गर्दा आज भने फेरी बढेको पाइएको छ । हिजो परिक्षण संख्याको ६ दशमलव २१ प्रतिशतमा संक्रमण पुष्टि भएकोमा आज भने बढेर करीब साढे ९ प्रतिशत नयाँ संक्रमित भेटिएका छन् ।

दिनहुँ नयाँ संक्रमण दर घट्दै गइरहेकोमा महामारीको अवस्था नियन्त्रणमा आउने आशा पनि बढ्दै गएको थियो । तर आज फेरी करीब ४ प्रतिशतले संक्रमण दर बढ्दा कोरोना त्रास पनि बढेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८७४ वटा स्वाब नमूनाको परिक्षण गरिँदा एक हजार ३० जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ८९३ आरटी पिसिआर परिक्षणमा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परिक्षण गरिँदा २१८ जना संक्रमित भेटिएका हुन् ।

आज थप भएका नयाँ संक्रमितमध्ये १० वर्षसम्मका बालबालिकाहरु १९ जना छन् । त्यसैगरी ११ देखि २० वर्ष उमेर समूहका ६३ जना छन् ।

हालसम्म आरटी पिसिआर परिक्षणमा ७ लाख ९८ हजार ४ जना संक्रमित भेटिएका छन् भने एन्टिजेन परिक्षणबाट कुल ९२ हजार २५२ संक्रमित भेटिएका छन् ।

तीमध्ये ७ लाख ७० हजार २२४ जना संक्रमित निको भइसकेका छन् । संक्रमण निको हुनेको दर ९६ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो समयमा एक हजार जना संक्रमित निको हुँदै घर फर्केका छन् ।

यसै अवधिभित्र थप १० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १७४ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।

हाल १६ हजार ६०६ सक्रिय संक्रमित उपचाररत छन् । १५ हजार ५३४ जना संक्रमित होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितको संख्या एक हजार १५२ रहेको छ ।

आइसीयूमा उपचाररत ३५१ जनामध्ये ११८ जना भेन्टिलेटरमा छन् । 

Categorized in राष्ट्रिय