कोरोना निको हुनेको दर बढ्दै
SamacharDesk – बिकाश | २०७८ आश्विन १९, मंगलबार

नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउँदै गरेको पाइएको छ ।
नयाँ संक्रमितको संख्यामा दिनहुँ कमी आउँदै गर्दा निको हुनेको दर पनि बढ्दै गएको छ । हाल कोभिड १९ संक्रमण निको हुनेको दर ९६ दशमलव ६ प्रतिशत पुगेको छ ।
कुल संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना संक्रमण मुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ११४ जना संक्रमित निको हुन सफल भएका छन् ।
यसै अवधिमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार १८० पुगेको छ ।
सक्रिय संक्रमितको संख्यामा पनि दिनहुँ कमी आउँदै गरेको छ । हाल १६ हजार २४८ जना सक्रिय संक्रमित उपचाररत छन् ।
१५ हजार ११७ संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार १३१ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा रहेका ३३५ मध्ये १२२ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
Categorized in राष्ट्रिय