arin enterprises

८ हजार ६०७ संक्रमित थप, ७ हजार ८९० निको

SamacharDesk – बिकाश | २०७८ जेठ ७, शुक्रबार

पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ का ८ हजार ६०७ जना नयाँ संक्रमित थप भएका छन् । २२ हजार ३५३ आरटी पिसिआर परिक्षणमा ८ हजार ४०७ र ८७३ एन्टिजेन परिक्षणमा २ सय जनामा कोभिड संक्रमण देखिएको हो ।

परिक्षण संख्याको आधारमा ३७ दशमलव ०५ प्रतिशत संक्रमित भेटिएका हुन् ।

थप हुने नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका १८८ जना बालबालिका छन् भने १० देखि १९ वर्ष उमेर समूहका ६०७ जना छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या एक लाख १६ हजार १९२ रहेको छ । एक लाख ८ हजार ४९५ जना संक्रमित होम आइसोलेसनमा छन् भने ७ हजार ६९७ विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा रहेका एक हजार ७१६ मध्ये ५११ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

पछिल्लो पटक ७ हजार ८९० जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ७४ हजार ८६३ जना संक्रमित निको भइसकेका छन् ।

नेपालमा कोभिड संक्रमण निको हुनेको दर ७५ दशमलव ४ प्रतिशत रहेको छ । हिजोको तथ्याङ्क अनुसार यो दर ७५ दशमलव १ प्रतिशत थियो ।

थप १७७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म ६ हजार २४ जना संक्रमितको मृत्यु भइसकेको छ । 

Categorized in राष्ट्रिय