८ जिल्ला संक्रमण मुक्त
SamacharDesk – बिकाश | २०७७ माघ २७, मंगलबार

नेपालमा कोभिड १९ का थप एक सय ६० जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा ४ हजार ३ सय ९ जनाको स्वाब परिक्षणबाट ६१ महिला र ९९ पुरुषमा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ ।
गएको २४ घन्टामा एक सय ६५ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ६८ हजार ४ सय ३१ जना संक्रमित निको भइसकेका छन् ।
थप २ जना संक्रमितको निको भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ४७ पुगेको छ ।
हालसम्म २० लाख १ हजार ५९ वटा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण गरिएको छ ।
एक हजार ७ सय ३७ जना सक्रिय संक्रमित उपचाररत अवस्थामा छन् । तीमध्ये ८ सय २४ जना संस्थागत आइसोलेसनमा छन् भने ९ सय १३ होम आइसोलेसनमा छन् ।
आठ वटा जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । ती भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, कालिकोट, रुकुमपश्चिम, मुगु र अछाम हुन् । ५ सय बढि सक्रिय संक्रमित काठमाडौं जिल्लामा मात्रै छन् ।
Categorized in राष्ट्रिय