arin enterprises

निको हुनेको संख्यामा उल्लेख्य वृद्धि

SamacharDesk – बिकाश | २०७७ भाद्र २१, आइतबार

नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित निको हुनेको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ ।

पछिल्ला दिनहरुमा निको हुनेको संख्या बढ्दै जाने क्रममा आज नयाँ संक्रमित संख्याको करीब दोब्बर संख्यामा निको भएका छन् भने निको हुनेको दर पनि व्हात्तै बढेको छ ।

पछिल्लो २४ घन्टामा आजसम्मकै उच्च संख्यामा 

आज ९ सय ८० जना नयाँ संक्रमित थप हुँदा संक्रमण निको भएर घर फर्किनेको संख्या एक हजार ८ सय १४ रहेको छ ।

आजको तथ्याङ्क पछि नेपालमा कोरोना संक्रमणलाई जित्नेको दर ६३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हिजो पनि एक हजार ४१ जना नयाँ संक्रमित थप हुँदा एक हजार ५ सय ६६ जना संक्रमित निको भएका थिए ।

हिजोसम्म निको हुनेको दर ६० प्रतिशतमा रहेको थियो ।

४६ हजार २ सय ५७ जनामा संक्रमण देखिँदा हालसम्म २८ हजार ९ सय ४१ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

प्रदेशहरुमा सबैभन्दा बढि प्रदेश २ मा ८ हजार एक सय २७ जना संक्रमित निको भएका छन् भने प्रदेश ५ मा ५ हजार ३ सय ५५ र सुदुरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ जनाले कोरोनालाई जितेका छन् ।

त्यसैगरी वागमती प्रदेशमा ३ हजार ६ सय ५९, प्रदेश एकमा २ हजार ४ सय ५८, कर्णालीमा २ हजार २ सय ७९ र गण्डकीमा एक हजार ८ सय ५ जना कोरोनालाई परास्त गर्न सफल भएका छन् ।

Categorized in समाज