arin enterprises

निको हुनेको संख्यामा रकेर्ड

SamacharDesk – बिकाश | २०७७ भाद्र २३, मंगलबार

पछिल्लो २४ घन्टामा निको हुनेको संख्याले रेकर्ड कायम गरेको छ ।

पछिल्लो पटक ९ सय २ जना नयाँ संक्रमित थपिँदा यसको दोब्बरभन्दा बढि संख्यामा संक्रमितहरु निको भएका छन् ।

पछिल्लो २४ घन्टामा २ हजार २ सय ८७ जना संक्रमित निको भएका छन् । निको हुनेको संख्यामा यो आजसम्मकै उच्च हो ।

निको हुनेको दर ६८.५ प्रतिशत पुगेको छ । 

हिजोसम्म निको हुनेको दर ६४.९ प्रतिशत थियो भने गत आइतबार यो दर ६२.६ प्रतिशत रहेको थियो ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमित विरामीहरु निको हुने क्रम बढेको छ भने सक्रिय संक्रमितको संख्यामा कमी हुँदै आएको छ ।

केही दिनहरुबाट नयाँ संक्रमित संख्या भन्दा निको हुनेको संख्या बढ्न थालेपछि सक्रिय सक्रमितको संख्यामा पनि कमी आउन थालेको हो ।

Categorized in समाज