१४ वर्षदेखि फरार अभियुक्त पक्राउ
SamacharDesk – बिकाश | २०७७ पौष २, बिहिबार

लागूऔषध ब्राउन सुगर मुद्दामा १४ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
२०६३ सालदेखि फरार रही प्रहरीको खोजीमा रहेका काठमाडौं महानगरपालिका–१६ बस्ने ६१ वर्षीय कृष्णभक्त श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं चःमतिमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी श्रेष्ठलाई पक्राउ गरेको हो ।
अवैध लागूऔषधको कारोवारमा संलग्न रहेको मुद्दामा उनलाई उच्च अदालत पाटनले २०६३ माघ १४ गतेको फैसलाले ५ वर्ष कैद र ५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।
सोही बेलादेखि फरार रहेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरिएको ब्यूरोले जनाएको छ ।
Categorized in अपराध