arin enterprises

फेक इमेल बनाई ब्ल्याकमेल गर्ने पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष ३, शुक्रबार

फेक ईमेलमार्फत आफ्नै परिचित महिला साथीलाई ब्ल्याकमेल गर्ने एक पुरुष काठमाडौंबाट पक्राउ परेका छन् ।

फेक ईमेलमार्फत आफ्नो महिला साथीलाई ब्ल्याकमेल गरेर ७० लाख रुपैयाँ मागेको आरोपमा ३३ वर्षीय सुमन रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

रेग्मीले फेक आईडीबाट ईमेल पठाई महिला साथीलाई आफुसँग नग्न र अर्धनग्न तस्वीरहरु भएको भन्दै तस्वीरको बदलामा ७० लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ ।

मोरङ जिल्लाको विराटनगर–३ का काठमाडौंको बुढानीलकण्ठ–७ गल्फुटार बस्दै आएका रेग्मीले उक्त महिलालाई पैसा माग्नुका साथै यौन उत्पीडन दिने, यौन सम्वन्धका लागि दवाव दिने जस्ता कार्य गरेको बताइएको छ ।

रेग्मीलाई विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटीले जानकारी दिएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धानज भइरहेको पनि ब्यूरोेले जनाएको छ ।

Categorized in अपराध