आफ्नै श्रीमतिको हत्या गर्ने श्रीमान पक्राउ
SamacharDesk – बिकाश | २०७७ पौष ८, बुधबार

कैलालीमा आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका–७ लुहागड बस्ने ३७ वर्षीय गणेश ओडलाई प्रहरीले पक्राउ गरेको हो ।
ओडले आफ्नी श्रीमति ३७ वर्षीया लक्ष्मी ओडलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय जोशीपुर र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले ओडलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध