arin enterprises

झारफुक गर्ने बहानामा जबरजस्ती गर्ने पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष ९, बिहिबार

एक महिलालाई झारफुक गर्ने बहानामा जबरजस्ती गरेको आरोपमा शंखरापुरमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ३

९ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा शंखरापुर नपा–६ सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नपा–२ हैबुङका ४६ वर्षीय भिम बहादुर सुनारलाई पक्राउ गरिएको हो ।

अनुसन्धानको क्रममा भिमले महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरामा जबरजस्ती गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

घटनाको खबर पाएपछि महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले भिमलाई पक्राउ गरेको हो । घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध