arin enterprises

ललितपुरमा थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बरामद

SamacharDesk – बिकाश | २०७७ पौष १०, शुक्रबार

ललितपुरको धापाखेलको जङ्गलबाट थ्रीनटथ्री राईफलको गोली बरामद भएको छ । महालक्ष्मी नगरपालिका–२३ स्थित धापाखेल जङ्गलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।

ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने दोलखा नगरपालिका–२ घर भएका ५५ बर्षीय गोमन घिमिरेले जङ्गलमा पत्कर सोर्ने क्रममा गोली फेला पारेका थिए ।

त्यसपछि घिमिरेले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी जङ्गल पुगेका थिए ।

जङ्गलमा खोजी गरिँदा प्लाष्टिकभित्र राखेको अवस्थामा उक्त गोली फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

Categorized in अपराध