arin enterprises

मध्यपुर थिमिमा करीब ७ लाख बराबरको चोरी

SamacharDesk – बिकाश | २०७७ पौष ११, शनिबार

मध्यपुर थिमिमा गएराति एक ईलेक्ट्रोनिक पसलबाट करीब साढे ५ लाख बराबरको धनमाल चोरी भएको छ ।

मध्यपुर थिमि–३ गठ्ठाघरस्थित ४२ वर्षीय रामकाजी कार्कीको ईजि प्राईभेट ईलोक्ट्रोनिक पसलबाट नगदको साथमा ल्यापटप लगायतका सामान चोरी भएको हो ।

उनको पसलबाट नगद साढे २ लाख रुपैयाँको साथमा ल्यापटप लगायतका सामानहरू गरी करिब ५ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

साथै सोही घरको दोस्रो तल्लामा रहेको नवश्री मण्डप बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट समेत नगद १ लाख ३४ हजार ५ सय ८ रुपैयाँ चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध