arin enterprises

चितुवाको छाला र हड्डी सहित पक्राउ

SamacharDesk – बिराज | २०७७ पौष १०, शुक्रबार

कैलालीको गोदावरीबाट पाटे चितुवाको छाला र हड्डिसहित ३ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ स्थित मिट पोईण्ट होटलको कोठाबाट पाटे चितुवाको १ थान छाला र २ थान हड्डीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा डोटी जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, डोटी आदर्श गाउँपालिका–५ का ३५ वर्षीय बीर बहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन् ।

होटलको कोठाबाट उक्त छाला र हड्डी सहित किरन पुनलाई फेला पारी प्रहरीले पक्राउ गरेको थियो ।

क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा बीर बहादुर र योगेन्द्रलाई समेत पक्राउ गरेको हो ।

बरामद छाला र हड्डी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Categorized in अपराध