arin enterprises

काठमाडौंमा साँझमै चोरी

SamacharDesk – बिकाश | २०७७ पौष १३, सोमबार

काठमाडौंको कालोपुलमा साँझको समयमै लाखौंको सुनका गहनाहरु चोरी भको छ ।

कालोपुल लामो गल्ली डेरा गरी बस्ने धादिङ धुनिबेसी नपा–२का ३० वर्षीय श्रीकृष्ण सापकोटाको कोठाबाट लाखौंको सुनको गहना चोरी भएको हो ।

कोठामा कोही नभएको अवस्थामा करिब ७ लाख २० हजार रुपैयाँ मूल्य बराबरका सुनका विभिन्न गहनाहरु आइतबार साँझ चोरी भएको हो ।

चोरीमा संलग्न व्यक्तिहरु फरार रहेको र तिनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध