सामाजिक संजालबाट ठगी गर्ने पक्राउ
SamacharDesk – बिकाश | २०७७ पौष १४, मंगलबार

सामाजिक संजाल वाट्सएप र फेसबुकको माध्यमाबाट ठगी गर्ने दुई जनालाई प्रहरीले आज काठमाडौं सुन्धाराबाट पक्राउ गरेको छ ।
प्रहरीले कीर्तिपुर बस्ने रुकुम पूर्व भुमे गाउँपालिका–३ मोरवाङका २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुले फेसबुक र वाट्सएपमा फेक आइडिमार्फत सम्पर्क गरी आफुहरुलाई नेदरल्याण्डको नागरिक बताई ठगी गर्ने गरेका थिए ।
तिनीहरुले फेक आइडीमार्फत मानिसहरुलाई बिभिन्न बहानामा नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामानहरु पठाई दिने भनी प्रलोभनमा पारी ठगी गर्ने गरेका थिए ।
अनुसन्धानमा तिनीहरुले पिडितहरुबाट दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको बैंक खातामा र आइएमई समेतबाट नगद ४१ लाख ९८ हजार ४ सय ५० रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले बताएको छ ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो । उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
Categorized in अपराध