भक्तपुरमा मठबाट भद्रकालीको मुकुट चोरी
SamacharDesk – बिकाश | २०७७ पौष १३, सोमबार

भक्तपुरको गाःहिटीस्थित जंगम मठबाट भद्रकालीको मुकुट लगायत विभिन्न सामानहरु चोरी भएको छ ।
आइतवार राती मठबाट भद्रकाली मुकुटसँगै चाँदीको माला लगायत बिभिन्न सामानहरू चोरी भएको हो ।
मुकुट, माला लगायत करिब १ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न व्यक्तिहरु हाल फरार रहेको र तिनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध