arin enterprises

गोली प्रहारबाट मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र १५, सोमबार

रौतहटका दीनदयाल साहको गोली हानी हत्या भएको छ ।

रौतहटको ईशनाथ नगरपालिका ७ घ्युरा बस्ने ३२ वर्षीय दिन दयाल साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

अपरिचित ब्यक्तिहरुले फोन गरी बोलाए पश्चात भारतको घोडासहन गएका उनलाई ती व्यक्तिहरुले गोली प्रहार गर्दा मृत्यु भएको बताइएको छ । 

हाल साहको शव भारत घोडासैन प्रहरी थानामा रहेको छ । 

गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध