सवारी दुर्घटनामा परी मृत्यु
SamacharDesk – बिकाश | २०७७ आश्विन १, बिहिबार

ललितपुर महानगमा नख्खु दोबाटोस्थित सडकमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा प्रदेश ३–०२–००९ प ०९५० नम्बरको स्कुटर चालक गोदावरी नगरपालिका–७ टिकाभैरब लामिडाँडा घर भई काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने २५ वर्षीय श्याम थिङको बुधबार राति मृत्यु भएको हो ।
बा.९४ प ३४१ नम्बरको स्कुटर र थिङको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै सवारी साधन र बा.९४ प ३४१ नम्बरको स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज