arin enterprises

रात्रिकालीन मनोरन्जन व्यवसाय संचालनमा ल्याउन माग

SamacharDesk – अनुप प्रधान | २०७८ भाद्र १५, मंगलबार

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणाले रात्रिकालिन मनोरन्जन व्यवसाय संचालनमा ल्याउन अनुमति प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र बुझाएका छन् ।

रात्रिकालिन व्यवसायीहरूको हस्ताक्षर सहितको नामावलीसहित अध्यक्ष राणाले पत्र बुझाउनुभएको हो ।

परिषदका अध्यक्ष राणाले रात्रिकालिन व्यवसायहरू लाउन्ज बार, डिस्को थेक, डान्स बार, दोहोरी, गजल, लाइभ ब्याण्ड, पव, होटल, रेष्टुरेण्ट, स्पा लगाएतका सम्पूर्ण व्यवसायहरूलाई प्रोटोकल बनाइ ल्याउन सुझाव पनि दिएका छन् ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको महत्वपूर्ण पर्यटकिय गन्तव्य स्थलको रूपमा परिचित छ ठमेलमा रात्रिकालिन मनोरञ्जन क्षेत्र ठप्प हुँदा यस व्यवसायमा आश्रीत हजारौं मजदुरहरू रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना भएको राणाले बताउनुभएको छ ।

कोभिड महामारीका कारण सिर्जित महामारीका कारण नेपालको प्रमुख पर्यटकिय ठमेल क्षेत्रमा पनि ठूलो नोक्सानी पुर्‍याएको छ ।

रात्रिकालिन व्यवसाय संचालनमा ल्याउन सि.सि.एम.सि लगायत अन्य माथिल्ला तहहरूसँग पनि छलफल गर्ने र व्यवसाय संचालनमा ल्याउन भरपुर प्रयास गर्ने प्रतिबद्धता राणाले जनाउनुभयो ।

गत आइतबार मात्रै अघिल्लो दिन मात्रै दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले र सम्पूर्ण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एकमुष्ट चाबी बुझाएका थिए ।

Categorized in बिजनेस