arin enterprises

अस्ट्रेलियामा स्वास्थ्य वातारणको माग गर्दै नर्सहरुको प्रदर्शन

SamacharDesk – बिराज | २०७८ फाल्गुण ३, मंगलबार

अस्ट्रेलियाको न्यू साउथ वेल्समा नर्सहरुले आफ्नो अधिकार र उचित हेरचाह पुर्‍याउन सक्ने स्वास्थ्य वातारणको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

हरेक सिफ्टमा एकजना नर्सले ४ जना मात्र बिरामी हेर्न दिनुपर्ने र आफ्नो तलब २ दशमलव ५ प्रतिशतले वृद्धि गर्नुपर्ने माग गरेका हुन् ।

मंगलबार आयोजित विरोध कार्यक्रममा सहभागी हुन केही नर्सहरू काम छोडेरै सहभागी थिए ।

कोभिड महामारी फैलिएसँगै कामको चाप बढेर नर्सहरू संक्रमित भएसँगै स्वास्थ्य क्षेत्रमासमेत स्वास्थ्यकर्मीको अभाव उत्पन्न भएको थियो ।

यस्तो परिवेशमा प्रत्येक नर्सले ८ जनासम्म बिरामीको हेरचाह गर्नुपर्ने अवस्था आएको थियो । जसकारण नर्सहरूले कामको ठुलै दबाब झेल्नु परिरहेको गुनासो गर्दै आएका छन् ।

प्रदर्शनमा न्यू साउथ वेल्समा रहेका १५० बढी अस्पतालमा कार्यरत नर्सहरू आफूले अस्पतालको पोशाकमै सहभागी भएको अस्ट्रेलियन सञ्चारमाध्यमले जनाएको छ ।

स्वास्थ्यकर्मीहरूले न्यू साउथ वेल्स राज्यको संसद् भवन अगाडि र्‍यालीसहित प्रदर्शन गरेका थिए ।

राज्यको निकाय इण्डस्ट्रियल रिलेसन कमिसन (आईआरसी) ले नर्सहरूको संगठनलाई प्रदर्शन रोक् आदेश दिएपनि त्यस आदेशको बेवास्ता गर्दै मंगलबार प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनमा सहभागी नर्सहरूले ड्यूटीमा रहेका नर्स र बिरामीको अनुपात नमिलेको र त्यसले बिरामीको उपयुक्त उपचार र हेरचाह गर्न नसकिने गुनासो गरेका छन् । 

 

Categorized in अन्तर्राष्ट्रिय