arin enterprises

सभापति देउवालाई प्रधानमन्त्री त्याग्न महामन्त्री शर्माको आग्रह

SamacharDesk | २०८१ भाद्र १६, आइतबार

नेपाली कांग्रेसया महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा अब फेरि प्रधानमन्त्री बन्न नहुने बताएको छ ।

आज आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाई अब फेरि केपी ओली पछि हुने प्रधानमन्त्री पद त्याग गर्न अनुरोध गरेको छ ।

जवाफामा सभापति देउवाले शर्मालाई तपाईंले भनेर मैले प्रधानमन्त्री त्याग गर्ने हो र भन्ने जवाफ दिएका छन् । उनले महामन्त्री शर्मालाई रोक्दै यस्तो प्रतिप्रश्न गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

आजकै बैठकमा महामन्त्री शर्माले देउवाले अन्य सबै कार्य गरेको अब बाँकी त्याग गर्न रहेको बताउँदै त्याग गरेर प्रधानमन्त्री आफ्नै पुस्ताका अन्य नेताहरुलाई दिनुस् भन्दै अन्य ६ जना नेताको नाम लिएका थिए । देउवाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।

महामन्त्री शर्माले देउवाको विकल्पमा नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये  एकजनालाई आगामी प्रधानमन्त्रीका छान्न देउवालाई विकल्प दिएका थिए ।

महामन्त्री शर्माले देउवा बाहेक अरु नेतालाई प्रधानमन्त्री बनाउँदा हुने फाइदाहरु बताएका थिए । एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब २०८४ पछि हामी कांग्रेस नयाँ अनुहारमा पुग्नेछ ।

Categorized in राजनीति