राष्ट्रिय सभा सदस्यामा देवकोटा निर्वाचित
SamacharDesk – बिराज | २०७८ जेठ ६, बिहिबार

आज सम्पन्न भएको राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवरा निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् ।
देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गर्दै उप निर्वाचनमा विजयी भएका हुन् भने पराजित बादलले ४ हजार १४ मतभार पाएका थिए ।
संघीयताविद् देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको साथमा एमालेको माधव नेपाल समूहको समर्थन थियो ।
Categorized in राजनीति