arin enterprises

अहिलेको विश्वलाई पहिला भन्दा धेरै शान्ति चाहिएको छ : प्रधानमन्त्री ओली

SamacharDesk | २०८१ श्रावण २६, शनिबार

थँहितिस्थित श्रीघःमा रहेको धर्मकीर्ति विहारबाट गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षण लिएका उपासक उपासिकाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षसम्म सञ्चालित उक्त प्रशिक्षणमा उत्तीर्ण भएकाहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको हो ।

प्रशिक्षणमा सहभागी ६४ जना उत्तीर्ण भएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताउनुभएको छ ।

उहाँले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता, दया र परोपकार भाव धेरै आवश्यक भएकाले बुद्धका शिक्षाहरू थप सामयिक भएको बताउनुभयो ।

खराबी उन्माद, आक्रोश र दम्भको मार्ग छाडेर शालीनता, विनयशीलता, मानवीयता र आत्मियभाव देखाउन सकिए विश्वमा शान्ति छाउने र पृथ्वीको पनि सुरक्षा गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कार्यक्रममा बिहारका प्रमुख धम्मवती गुरुमाले प्रधानमन्त्री ओलीलाई आरोग्यसहित नेपाललाई राम्रो बाटोमा लान सक्नुहोस् भनी कामना गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी हुनुहुन्थ्यो ।

Categorized in समाज