सवारी दुर्घटनामा परी मृत्यु
SamacharDesk – बिकाश | २०७७ माघ ३, शनिबार

सिराहामा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका–४ गुरुधाम चोकमा अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढीमाई नगरपालिका–६ बस्ने ३२ वर्षीय दिपक कुमार यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि राउ अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
Categorized in समाज