arin enterprises

सवारी दुर्घटनामा परी मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र १९, शुक्रबार

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका ६ बस्ने ४० वर्षीय समुज राम केवटको मृत्यु भएको हो । 

रुपन्देहीको गैडहवा गाउँपालिका ५ तेलण्डियास्थित सडकमा लु.१४ प ७९४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आज बिहान दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका केवटलाई उपचारका लागि भीम अस्पताल भैरहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३५ वर्षीया गुडिया केवटको सोही अस्पतालमा उपचार भइरहेको छ । 

Categorized in समाज