डिजेल र मट्टितेलको भाउ घट्यो
SamacharDesk | २०८० कार्तिक १४, मंगलबार

नेपाल आयल निगमले डिजेल र मट्टितेलमा भाउ घटाएको छ ।
निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको निगमले जनाएको छ ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ पर्ने छ ।
निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।
Categorized in विजनेस