राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल सफ्टवेयर सार्वजनिक
SamacharDesk | २०८० कार्तिक २४, शुक्रबार

नेपाली सफ्टवेयर इन्जिनियर हरुको समूहले पहिलोपटक निर्माण गरेको इड्राइभ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ ।
बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रदुषणरहित सुन्दर सहर भन्ने नाराको साथ उक्त इड्राइभ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति लिनु गलत भएको बताउनु भयो ।
उहाँले नेपालमा जुनसुकै ब्राण्डका ट्याक्सी आएपनि त्यो सबैलाई सहमति दिन आवश्यक रहेको बताउनु भयो । उहाँले एक जनालाई मात्रै मोनोपोली गर्न दियो भने त्यसको लागत र मूल्य सबै माथि रहने बताउनु भयो ।
उहाँले विद्युतीय सवारी साधनहरुलाई पनि सडक अनुमति पत्र खुला गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले जुनसुकै ब्राण्डको ट्याक्सीहरुलाई पनि अनुमति दिने र पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युतमा प्रतिस्थापनको लागि केही सहुलियत दिन आवश्यक रहेको बताउनु भयो ।
यस्तै काठमाडौं उपत्यकाभित्र आफ्नै भाडाका विद्युतीय ट्याक्सीलाइ व्यवस्थापन गरि सफ्टवेयरमार्फत ग्राहकलाइ सहज सेवा दिन शुरु गरिएको इ ड्राइभ नेपालका प्रमुख कार्यकारी अधिकृत सविन भट्टराईले बताउनु भयो ।
उहाँले आफ्नै विद्युतीय सवारी साधन सञ्चालनको लागि सितापाइलामा र एकान्त कुनामा चार्जिङ स्टेशन समेत स्थापना गरिएको बताउनु भयो ।
उहाँले राइट सेरिङको नयाँ फिचर सहितको अनलाइन इड्राइभमार्फत विद्युतीय ट्याक्सीहरुको सेवा लिन सकिने बताउनु भयो ।
Categorized in विजनेस