arin enterprises

आयोगले उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने

SamacharDesk | २०८० चैत्र २६, सोमबार

निर्वाचन आयोगले वैशाख १५ हुने उपनिर्वाचनमा उम्मेदवारी दिएकाहरुको उजुरीमाथि आज छानविन गर्ने जनाएको छ ।

उम्मेदवारीविरुद्ध विरोध तथा उजुरी दिने समय हिजोसम्म आयोगले तोकिएको थियो ।  आज बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरि उमेदवारको नामावली प्रकाशन गरिनेछ ।

भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । भोलि दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २० जना र बझाङ १ (क)मा प्रदेशसभा सदस्यको लागि १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

Categorized in राष्ट्रिय