एलन मस्कले एक्समेल ल्याउँदै
SamacharDesk | २०८० फाल्गुण १२, शनिबार

एलन मस्कले एक्समेल ल्याउने संकेत गरेको छ । गुगलको जिमेल बन्द हुने हल्लाका बीच मस्कले नयाँ ईमेल सेवा एक्समेल ल्याउने संकेत गरेका हुन् ।
अहिले जिमेल बन्द हुने सम्बन्धी सामाजिक संजालमा खबर फैलिरहेको छ ।
यसैबीच एक्सका सेक्युरिटी इन्जिनियर नाथन म्याकग्रेडीले शुक्रवार ‘एक्समेल कहिले आउँछ’ भनेर एक्समा प्रश्न गरेका थिए ।
उनैको पोस्टमा रिप्लाई गर्दै मस्कले एक्स मेल चाँडै आउने जनाएका हुन् ।
योसँगै एलन मस्कले ईमेलको बजारमा पनि प्रवेश गर्ने सम्भावना देखिएको छ । मस्कले एक्समेल आउने उल्लेख गरेपछि यसमा मिश्रित प्रतिक्रिया आएको छ ।
उक्त पोस्टमा सकारात्मक र नकारात्मक टिप्पणी आएको छ। यद्यपि मस्कले यसबारे थप कुनै जानकारी दिएका छैनन् ।
