युवा नेत्र सेवाले गरे मोतिविन्दुको निःशुल्क उपचार
SamacharDesk | २०८० चैत्र १८, आइतबार

“एक कप चिया दान” अभियान मार्फत संकलन भएको रकमबाट मोतिविन्दुका विरामीहरुको शल्यक्रिया गरिएको छ ।
युवा नेत्र सेवाले गरिब तथा असहाय लक्षित मोतिबिन्दु भएका १३ जना बिरामीहरुको शल्यक्रिया गरेको हो । युवा नेत्र सेवासँग आबद्ध सदस्यहरुले दैनिक एक कप चियादान गरेर वार्षिक रुपमा संकलन भएको रकमले उक्त मानवीय सेवा गरेको छ ।
संस्थाले हरेक वर्षको मार्च महिनामा एक चियादान अभियानको वार्षिकी मनाउने र संकलित रकमबाट गरिबी, असहायहरुलाई नेत्रसम्बन्धी सेवा दिंदै आएकोछ ।
सो अवसरमा जर्मनीका एक कप चियाका सदस्य क्रिष्टा ड्रिगालाले नेपालीहरुको आँखा उपचारमा सहयोग गर्न पाउँदा खुसी भएको बताउनुभयो ।
कार्यक्रमको लागि विश्वभरका विभिन्न नागरिकहरु सहयोग गर्दै आईरहेको संस्थाका अध्यक्ष सिद्धार्थ रञ्जितले जानकारी गराउनु भयो ।
उहाँले यो वर्ष काभ्रेको ढाडागाउँ र आसपासका क्षेत्रबाट १३ जना मोतिबिन्दुका बिरामीहरुले निःशुल्क शल्यक्रिया सेवा पाएको जानकारी गराउनु भयो ।
विगत अभियानमार्पmत २९ वर्षदेखि यो संस्थाले निःशुल्क आँखा उपचार सेवा प्रदान गर्दै आएको छ ।
Categorized in समाज