arin enterprises

चलचित्र समीक्षा कार्यशाला सम्पन्न

SamacharDesk – विजयरत्न | २०८३ जेठ २७, बुधबार

चलचित्र समीक्षा तथा चलचित्र पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा काठमाडौंमा गत जेठ २५ देखि सुरु भएको तीन दिने तालिम २७ गते सम्पन्न भएको हो ।

समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वस्थ समीक्षा र तथ्यपरक पत्रकारिताले नेपाली चलचित्र उद्योगलाई थप सशक्त बनाउन योगदान पुर्याउने धारणा राखे ।

आयोजक आइडिया ग्रोभका प्रतिनिधिहरूले तालिमले सहभागी पत्रकारहरूलाई चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिताको व्यावहारिक ज्ञान हासिल गर्ने अवसर दिएको बताए ।

चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि, समीक्षा लेखनलाई व्यावसायिक, जिम्मेवार र तथ्यपरक बनाउने उद्देश्यले आयोजित तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ जना पत्रकारको सहभागिता थियो ।

तालिममा चलचित्र समीक्षा लेखन, चलचित्र पत्रकारिताको वर्तमान अवस्था, समीक्षा लेखनका मापदण्ड, चलचित्रको कलात्मक तथा प्राविधिक पक्षको मूल्यांकन, दर्शक दृष्टिकोण र जिम्मेवार सञ्चार अभ्यासलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिममा राजेश गोङ्गजु, अखण्ड भण्डारी र शान्ताराम बिडारीले सहजीकरण गरेका थिए ।

Categorized in पेजथ्री