arin enterprises

पर्सामा रक्सी गोदाममा आगलागी

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र १४, बुधबार

वीरगंजमा एउटा रक्सी गोदामा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।

वीरगंज महानगरपालिका–१५ भिष्वा गाउँ बस्ने राहुल रौनियारको रक्सीको गोदाममा करेन्ट सर्ट भई मंगलबार राति आगलागी भएको थियो । आगलागीमा गोदाममा रहेका विभिन्न ब्राण्डको रक्सी जलेर नष्ट भएको छ ।

साथै सोही गोदाम नजिकै पार्किङ गरी राखेको ना.२ च १५५९ नम्बरको पिकअप समेत जलेर क्षति भएको छ ।

क्षतिको विवरण हालसम्म खुलेको छैन् ।

दमकलको सहयोगमा प्रहरी र स्थानीय बासिन्दा मिलेर आगलागी नियन्त्रणमा लिएका थिए ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

 

Categorized in समाज