arin enterprises

दाहसंस्कारबाट फर्केका ५ को मृत्यु

SamacharDesk | २०८० चैत्र १७, शनिबार

गोरखा नगरपालिका-७ पौवाखेत गाउँ नै शोकमग्न भएको छ।

गोरखा जिल्लाको पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएको थियो ।

उपचारका क्रममा मृत्यु भएका रोकायाको दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ गएकी आमा जुनकिरीसहित सबै परिवार गाउँ फर्किने क्रममा तीन गाडीमध्ये गोरखामा दुई वटा गाडी पैवाखेत पुग्दा समेत एउटा गाडी नआएपछि पटकपटक फोन गर्दा पनि फोन नलागेपछि मुग्लिङ प्रहरीलाई खबर गरेको थियो ।

शनिबार दाहसंस्कार गरेर राति नै काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान ५ बजे चितवनको मुग्लिङ नजिक सिमलधारामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको  छ। 

मृत्यु हुनेमा ७० वर्षीया जुनकिरी रोका, ४१ वर्षीया जेठी छोरी हरिमाया रोका उपरकोटी, २८ वर्षीया कान्छी छोरी अन्जना रोका, ९ वर्षीय आगमन उपरकोटी, ज्वाइँ तथा चालक ३५ वर्षका अर्जुन सिर्मल छन्।

१८ वर्षका विवश रोका बेपत्ता छन् । सबै मृतक एकै घर परिवारका आमा, छोरी, नाति, नातिनी र ज्वाइँ हुन्।

Categorized in समाज