arin enterprises

पूर्वमन्त्री शर्माले अक्सिजन खपतको हिसाब मागे

SamacharDesk – बिराज | २०७८ बैशाख २९, बुधबार

नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री जनार्दन शर्मा काठमाडौंमा दैनिक उत्पादन हुने ८–१० हजार सिलिण्डर अक्सिजन खपतकाे हिसाब मागेका छन् ।

सामाजिक संजालमा आज छोटो विज्ञप्ती जारी गर्दै पूर्वमन्त्री शर्माले काठमाडाैंमा उत्पादन हुने अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेकाे छ भनी प्रश्न राख्नुभएकाे हाे ।

क्षमता वृद्धि गर्न नसकेपनि काठमाडौंमा उत्पादन हुने अक्सिजनको खपतबारे जनतलाई जानकारी गराउन शर्माले माग गर्नुभयो ।

‘राज्यसँग भएको सम्पूर्ण श्रोतसाधन ४ वटा जहाजहरु समेत प्रयोग गरी संभव भएका विदेशी नियोगसमेतको सहायता लिइ अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गरियोस्’ शर्माले लेखेका छन् ।

जनताको जीवन रक्षा गर्न आफ्नो ठाउँबाट सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि शर्माले व्यक्त गरेका छन् । 

काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । काठमाडौंमा मात्र दैनिक ८-१० हजार...

Posted by Janardan Sharma'Prabhakar' on Tuesday, May 11, 2021
Categorized in राजनीति