arin enterprises

बाँकेमा झाडापखालाबाट ४ को मृत्यु

SamacharDesk | २०८१ भाद्र १७, सोमबार

बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर गाँउपालिका-३ मा एउटै घरका ३ जना र अन्य एक जना सहित ४ जनाको मृत्यु भएको हो ।

नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राका अनुसार झाडापखालाबाट हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी डेड वर्षकी नन्दनी पासी, मोहन लाल पासीको श्रीमती वर्ष ६० कि शान्ति पासी र सखावत अलिको छोरा वर्ष १० को यूसुफको झाडापाखाका कारण मृत्यु भएको जानकारी दिए । 

उनीहरू मध्ये २ जना भारतबाट उपचार गरि फर्केपछि र बाँकी दुईजनाको नरैनापुरमा उपचार गर्दा गर्दै मृत्यु भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

अहिले स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको छ । झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भई रहेको बताईएको छ ।

गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

Categorized in समाज