arin enterprises

जेष्ठ नागरिक सम्मानसहित निशुल्क आँखा शिविर सम्पन्न

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ आश्विन १८, सोमबार

सामुदायिक स्वास्थ सेवा केन्द्र नागबहाल र ललितपुर महानगरपालिका वडा १६ को संयुक्त आयोजनामा सम्पन्न निशुल्क आँखा शिविरमा हिरण्यवर्ण महाविहारका जेष्ठ नागरिक आजुहरुलाई सम्मानित गरिएको छ ।

बिहान ८ बजेबाट शुरु गरिएको जेष्ठ नागरिक केन्द्रित शिविरमा करीब ३ घण्टाको समयमा २ सय ५८ जनाले परिक्षण गराएका थिए ।

त्यस्तै नागबहालका दशपारमिता आजुहरुलाई शिविर संयोजक मोतिशान्ती शाक्य, वडाध्यक्ष निर्मलरत्न शाक्य, लगायत इच्छुक स्वंयसेवकहरुले विशेष सम्मानकासाथ दिर्घायु कामनासहित दानप्रदान गरेका थिए ।

नेपाल आँखा अस्पतालका बरिष्ठ आँखा विशेषञ डा.इन्दुप्रसाद ढुंगेल तथा डा.किरण शाक्यको नेतृत्वमा निशुल्क जाँच तथा निशुल्क आौषधी बितरण गरिएको थियो ।

शिविरमा २१ जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रीया गरिएको शिविर संयोजक मोतिशान्ती शाक्यले जानकारी दिए ।

‘तात्कालिक अवस्थामा मधुमेह, ब्लड प्रेसर जस्ता शल्यक्रियामा बाधक समस्या देखिएका १८ जनाको नेपाल आँखा अस्पतालमा प्राथमिकताकासाथ फलो अप अनि निशुल्क शल्यक्रियाको ब्यवस्था मिलाईएको छ’ शिविर संयोजक शाक्यले बताए ।

स्वास्थ्यलाई मध्यनजर गरेर ललितपुर महानगरपालिका वडा १६ ले बेलाबखत विभिन्न जनमुखी स्वास्थ्य शिविर संचालन गर्ने गरेको जानकारी वडाध्यक्ष शाक्यले दिए ।

Categorized in समाज