arin enterprises

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ माघ १८, शुक्रबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा दुई रुपैयाँ डिजेल र मट्टितेलमा चार रुपैयाँ बढेको छ ।

त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेको छ । निगमका अनुसार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ ।

एल.पी. ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको हो ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर १.५९ रुपैयाँ र डिजेलमा ३.५७ रुपैयाँ बढेर आएको जनाएको छ । त्यस्तै हवाई इन्धनमा पनि ५.७० रुपैयाँ बढेर आएको निगमले जनाएको छ ।

Categorized in राष्ट्रिय