इन्धनको भाउ फेरी बढ्यो
SamacharDesk – बिजनेश ब्यूराे | २०७७ फाल्गुण १७, सोमबार

नेपाल आयल निगमले इन्धनको भाउ फेरी बढाएको छ ।
निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २/२ रुपैयाँ बढाएको छ ।
त्यस्तै आन्तरीक उडानमा खपत हुने हवाई इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई ईन्धनको मूल्य प्रति किलोलिटर २५ अमेरिकी डलर बढाइएको छ ।
नयाँ कायम भएको मूल्य अनुसार पेट्रोल प्रति लिटर एक सय १६ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ । आन्तरिक हवाई ईन्धनको मूल्य ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर पुगेको छ ।
खाना पकाउने एलपिजि ग्याँसको मूल्य भने यथावत नै रहेको छ ।
वृद्धि भएको मूल्यमा समेत निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ४२ पैसा, डिजेलमा ६ रुपैयाँ ५६ पैसा र ग्याँसमा प्रति सिलिण्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा घाटा रहेको जनाएको छ । निगमले यस अघि पनि फागुन ४ गते इन्धनको मूल्य बढाएको थियो ।
Categorized in बिजनेस