arin enterprises

फेरी बढ्यो इन्धनको भाउ

SamacharDesk – विकाश | २०७७ आषाढ २७, शनिबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । आयल निगमले २६ गते राती १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको हो ।

निगमले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर एक सय सय २ रुपैयाँ र डिजेल ८८ रूपैयाँ पुगेको छ ।

योभन्दा अघि उपत्यकामा पेट्रोलको एक सय १ र डिजेल ८७ रूपैयाँमा विक्री हुँदै आएको थियो ।

हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत छ ।

१० दिनको बीचमा सरकारले दोश्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । गत असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।

Categorized in बिजनेस