arin enterprises

सामूहिक गणेश पूजा सम्पन्न

SamacharDesk – समाचारडेस्क | २०८१ भाद्र २२, शनिबार

गणेश चर्तुर्थीको अवसरमा काठमाडौंको कोहिटीस्थित श्री नीलबाराही गुथी खलःले सामुहिक गणेश पूजा सम्पन्न गरेको छ ।

गणेश पूजा श्री नीलबाराही मिसाः पुचःको संयोजनमा भएको हो । सामूहिक गणेश पूजामा ३३ जना ससाना बालकहरुलाई पूजा गरिएको थियो ।

पूर्व मेयर विद्यासुन्दर शाक्यको आतिथ्यमा भएको गणेश पूजामा श्रद्धालुहरुले अक्षतासहित पूजा गरी पैसा, फलफुल, मिठाइहरु चढाएका थिए ।

यस गणेश पूजाबाट देशमा सुख शान्ति छाओस् तथा आज पूजा भएका बालकहरुको भविष्य सफल होस्, निरोगी होस् भन्ने हेतुले उक्त सामूहिक गणेश पूजाको आयोजना गरेको आयोजकले बताए ।सो अवसर कोहिटी टोलमा अवस्थित श्री सूर्यविनायक मन्दिरको जीर्णाेद्धार कार्य सम्पन्न भई आज अनावरण गरिएको गरियो ।

काठमाडौं महानगरपालिकाको अनुदानमा उक्त मन्दिरको जिर्णाेद्धार सम्पन्न भएको हो ।

पूर्व मेयर विद्यासुन्दरको पालामा काठमाडौं महानगरपालिकाबाट अनुदान प्राप्त गरी मन्दिरको जिर्णाेदार कार्य सुरु गरेको थियो ।

Categorized in समाज