arin enterprises

आफुले पैसा लिएर नगएको गनीको प्रष्टिकरण

SamacharDesk – बिराज | २०७८ भाद्र २४, बिहिबार

अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले आफुले अफगानिस्तान छोडेको समयमा पैसा लिएर भागेको भन्ने आरोप निराधार भएको बताएका छन् ।

ट्वीटरमा ट्वीट गर्दै पूर्व राष्ट्रपति गनीले आफुले कुनै पनि पैसा लिएर नगएको प्रष्ट गरेका छन् ।

आफ्नो पत्नी र उनको पारिवारिक सम्पत्तिबाट पाएको सम्पत्तिको जानकारीसमेत सार्वजनिक गरेको स्मपरण गर्दै गनीले आफु र आफ्नी पत्नी आफ्नो खर्चको विषयमा ईमानदार रहेको दावी गरे ।

आफु संयु्क्त राष्ट्र अथवा कुनै पनि दोश्रो स्वतन्त्र संस्थाबाट लेखापरिक्षण गराउन तैयार रहेको गनीको भनाई थियो ।

आफुले सुरक्षा अधिकारिहरुको सुझाव अनुसार काबुल छोडेको पनि उनले प्रष्ट्याएका छन् । काबुलमा शान्तिको स्थिती बनाइराख्न आफुसँग अर्को विकल्प नभएको गनीले भनेका छन् ।

काबुल छोड्ने निर्णय आफ्नो लागि निकै गार्हो भएको भन्दै आफु त्यहिँ बसिरहे ९० को दशकमा गृहयुद्धको जस्तो स्थिती बन्ने दावी समेत गरे ।

‘बन्दुकहरुलाई शान्त राख्न र काबुलको ६० लाख जनताको जीवन रक्षा गर्न मसँग यहि मात्र विकल्प थियो, मैले अफगानिस्तानका जनतलाई एक लोकतान्त्रिक, समृद्ध र सम्प्रभु देश दिनको लागि आफ्नो जीवनको २० वर्ष दिएको छु’ गनीले भनेका छन् ।

गत १५ अगष्टको दिन काबुल कब्जा गर्दै तालिबान बढ्दै गर्दा तत्कालीन राष्ट्रपति अशरफ गनी अकस्मात् देश छोडेर गएका थिए ।

Categorized in अन्तर्राष्ट्रिय