arin enterprises

घोडेजात्रा पर्व मनाईंदै

SamacharDesk | २०८० चैत्र २६, सोमबार

हरेक वर्षको चैत कृष्ण औंसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ ।

यसै अवसरमा आज काठमाडौंको टुंडिखेलमा घोडेजात्रा पर्व मनाईंदैछ । घोडेजात्राका अवसरमा नेपाली सेनाले आज राजधानीको टुंडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।

यसै अवसरमा नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका प्रदर्शन गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

त्यस्तै ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाइन्छ ।

प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाउने गरिएको किम्वदन्ती छ ।

सो अवसरमा जिवित देवी कुमारीलाई पनि घोडेजात्रा देखाउन परम्परा रहेकोछ ।

जात्राको अवसरमा सरकारले उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ ।

Categorized in राष्ट्रिय