arin enterprises

मर्जरपछि ग्लोबल आईएमई बैंक देशकै ठूलो बैंक

SamacharDesk | २०७९ पौष २५, सोमबार

शनिवार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएको छ । मर्जरपछि आजबाट ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको छ ।

एकीकृत कारोबारका लागि प्रणाली स्वाप गर्नका लागि शनिबार र आईतबार कारोबार बन्द गरिएको थियो ।

बीओकेसंगको मर्जरसंगै ग्लोबल आईएमई बैंको चुक्ता पूंजी ४५ अर्ब ७७ करोड पुगेको छ । निक्षेप ४ खर्ब ८ अर्ब र कर्जा प्रवाह ३ खर्ब ७६ अर्ब पुगेको छ ।

चुक्ता पूंजी, निक्षेप र ऋण लगानीका हिसाबले ग्लोबल आईएमई देशको सवैभन्दा ठूलो बैंक बनेको छ । अहिलेसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स गरी २१ वटा संस्था ग्लोबल आईएमईमा गाभिएका छन् ।

मर्जरपछि यो बैंकका देशभरमा ३६५ वटा शाखा, ३६७ एटीएम र ४० लाख ग्राहक पुगेको बैंकले जनाएको छ । विदेशमा पनि तीन वटा शाखा रहेको जनाइएको छ ।

मर्जर पश्चात् नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डुको तर्फबाट २ जना रहनेछन् ।

Categorized in बिजनेस