arin enterprises

सुनको मूल्य ८ सय रुपैयाँले घट्यो

SamacharDesk – बिजनेश ब्यूराे | २०७७ पौष २७, सोमबार

सुनको मूल्य घटने क्रम आज पनि जारी रहेको छ ।

सुनको भाउ घटेर आज तोलाको ९२ हजार दुई सय रुपैयाँमा कारोबार हुँदैछ । आज सुनको भाउमा ८ सय रुपैयाँले घटेको हो । हिजो सुन प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा हिजो एक हजार २ सय ७० रुपैयाँ प्रति तोलामा कारोबार भएको चाँदीको भाउ आज एक हजार दुई सय ३० रुपैयाँ कायम भएको छ ।

पछिल्लो केही दिनमा नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर घटिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आउन थालेसँगै नेपालमा पनि सुनचाँदिको भाउ घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघ भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

Categorized in बिजनेस