arin enterprises

खुम्चिएर व्यवसाय गर्नुपर्दा सुनचाँदी व्यवसायीहरु समस्यामा

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ पौष २५, शनिबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले व्यवसायीको समस्या समाधान गर्ने जिम्मा आफुले लिएको बताउनुभएको छ ।

नेपाल सुनचाँदाी व्यवसायी महासंघको ७ औं र ८ औं साधारण सभा र तेश्रो अधिवेशनको काठमाडौं उद्घाटन गर्दै सुनचाँदीको व्यवसायको क्षेत्रमा भएका समस्याहरु समाधनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा सुनचाँदी व्यवसाय क्षेत्रमा राजनीतिलाई प्रवेश हुन नदिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । महासंघका अध्यक्ष मोहन सुनारले बैंकहरुका कारण व्यवसाय नै वदनाम भएको दावी गर्नुभयो ।

‘बैंकहरुले सिजनमा सुन नल्याउने तर अफ सिजनमा ल्याएर थुपार्ने गरिदिँदा हामीहरु बदनाम हुनपरेको छ’ अध्यक्ष सुनारले भन्नुभयो ।

सरकारले सुनको कारोबारमा दैनिक कोटा तोकिदिँदा खुलेर व्यवसाय गर्न नपाएको उहाँको गुनासो थियो । हाल १० किलोमात्र सुन विक्रि वितरण गर्न पाउने कोटामा खुम्चिएर काम गर्नु पर्दा उपभोक्ताको माग धान्न नसकेको उहाँले बताउनुभयो ।

सरकारले वि.सं. २०६६ देखि सुनचाँदीको कारोबारमा २० किलोको कोटा तोकिदिएको थियो । हाल त्यसलाई पनि घटाएर १० किलो बनाइएको छ ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले कोभिडका कारण कारोबार प्रत्यक्ष प्रभावित भएकाले बैंकको कर्जा तिर्ने समयावधी थपिदिन माग गरेका छन् ।

सुनचादीँ व्यवसायमा मात्र देशभर ५० अर्ब भन्दा बढी लगानी रहेको र यस क्षेत्रबाट वार्षिक १२ अर्ब भन्दा बढी राजश्व बुझाउँदै आएको जानकारी गराइएको थियो ।

महासङ्घको तेश्रो अधिवेशन अन्तर्गत आज आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्न लागेको छ । नयाँ कार्यसमितिका लागि सर्वसम्मत चयनको लागि तयारीको साथमा कोशिश भइरहेको बताइएको छ ।

Categorized in बिजनेस