सुनको भाउ ६ हजार २ सय रुपैयाँले घट्यो
SamacharDesk – बिकाश | २०७७ श्रावण २८, बुधबार

कोरोना महामारीका बीच आकाशिएर तोलाकै एक लाख कटेको सुनको भाउ पछिल्ला दुई दिनमा भने केही घटेको छ ।
आज सुन प्रति तोला ९५ हजार ४ सयमा कारोबार भएको छ ।
आज छापावाल सुनको भाउमा तोलामा ६ हजार २ सय रुपैयाँले गिरावट आएको हो । हिजो पनि तोलामा ८ सय रुपैयाँ घटेको थियो ।
गत सोमबार तोलाको एक लाख २ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य हिजो भने एक लाख एक हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य भने तोलाको ९४ हजार ९ सय रहेको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रहेको थियो ।
आज चाँदीको मूल्य तोलाको १२ सय १० रुपैयाँ कायम गरिएको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएसँगै नेपालमा पनि सुनको मूल्य घट्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ८९०.५५ डलरमा झरेको छ ।
Categorized in बिजनेस