arin enterprises

जेमिनी एआई टुल ल्याउँदै गुगल

SamacharDesk | २०८० आश्विन १, सोमबार

गुगलले जेमिनी एआई टुल ल्याउने भएको छ । गत वर्ष सार्वजनिक भएको ओपनएआईको च्याटजीपीटीको सफलता देखेर त्यस्तै जेनेरेटिभ एआई बनाउन गुगल लागिपरेको हो ।

यस अर्थमा  जेमिनी गुगलका लागि महत्त्वपूर्ण भएको बताएको छ ।

जेमिनी एउटा लार्ज ल्याङ्ग्वेज मोडल हो । यसले च्याटजीपीटी जस्तै सारासं लेख्ने, कविता, गीत लेख्ने, ईमेलको ड्राफ्ट बनाउने लगायतका काम गर्न सक्ने रिपोर्टमा उल्लेख छ ।

यस्तै सफ्टवेयर इन्जिनियरलाई कोड लेख्न सघाउनुका साथै र तस्वीरहरू जेनेरेट गर्ने पनि बताइएको छ ।

च्याटजीपीटी जस्तै कुराकानी गर्न सक्ने भनिएको यस एआईलाई सफल बनाउन गुगलले निकै ठूलो धनराशी खर्चेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।

गुगलले हाल डेभलपरहरुलाई परीक्षणका लागि जेमिनीको पछिल्लो संस्करणमा पहुँच दिएको, तर त्यसभन्दा पनि शक्तिशाली संस्करण विकासको लागि काम गरिरहेको उल्लेख गरेको छ ।

त्यस्तै निर्माण सम्पन्न भएपछि जेमिनीलाई गुगलले आफ्नो क्लाउड भेर्टेक्स एआईमार्फत ग्राहकहरूलाई सशुल्क उपलब्ध गराउने अनुमान गरिएको छ । यसबारे गुगलले भने केही प्रतिक्रिया दिएको छैन ।

केहि समय अघि भारत र जापानमा गुगलले जेनेरेटिभ एआई सहितको आफ्नो सर्च इन्जिन सार्वजनिक गरेको थियो ।

प्रोम्टका आधारमा अक्षर तथा भिजोल रिजल्ट देखाउन सक्ने उक्त टुल प्रयोग गर्न मासिक ३० डलर तिर्नु पर्ने हुन्छ ।

पछिल्लो समयमा एआईमा थुप्रै कम्पनीहरुले लगानी गरिरहेको सन्दर्भमा गुगलको यो परियोजनालाई महत्त्वपूर्ण मानिएको छ ।

Categorized in विज्ञान-प्रविधी