थाइल्यान्डमा बन्यो गुंला पर्व सम्वन्धि बृत्तचित्र
SamacharDesk – बिराज | २०७८ भाद्र १५, मंगलबार

थाइल्यान्डमा काठमाडौं उपत्यकाका नेवार समुदायको गुंला पर्वको बारेमा बृत्तचित्र बनेको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा थाइल्यान्डको 365 वर्ल्ड च्यानलले गुंला पर्व सम्वन्धि बृत्तचित्र बनाएको हो ।
हाल काठमाडौं उपत्यकामा बुद्धिस्ट नेवारहरु गुंला पर्व मनाउँदैछन् । नेपाल सम्वत अनुसार १० औं महिना गुंला अवधिभरी नेवार बुद्धिस्टहरु एका विहानै धाःबाजा आदि बजाउँदै बौद्ध स्तोत्र पाठ गरेर विहार, चैत्य आदिको परिक्रमा गर्ने गरिन्छ ।
साढे ७ मिनेट लामो बृत्तचित्रमा यहि गुंला पर्व र यसको विशेषता सम्वन्धि प्रकाश पारिएको छ ।
बृत्तचित्रमा काठमाडौंको स्वयम्भूको दृश्यहरु देखाइएको छ । थाइ भाषामा बनाइएको बृत्तचित्रमा अँग्रेजी भाषामा सब टाइटल राखिएको छ ।
वृत्तचित्रको निर्माता पाक्नापात श्रीमोनथोक हुनुहुन्छ भने उनैले बृत्तचित्रको दृश्य सम्पादन समेत गरेकि छन् । त्यस्तै बृत्तचित्र निर्माण संयोजक भने कान्फानिट श्रीमोनथोक हुन् ।
सो बृत्तचित्र निर्माणको लागि नेपाल पर्यटन बोर्डमा थाइल्यान्डका लागि पर्यटन दूत चिरन शाक्यले विशेष योगदान दिएका छन् । पर्यटन दूत शाक्यले नेपालको तर्फबाट आवश्यक संयोजनकारी भूमिका निर्वाह गर्नुका साथै फुटेज संकलनमा समेत सहयोग गरेका छन् ।
‘नेपालको मौलिक संस्कृति सम्पदाको प्रचार प्रसार गर्दै पर्यटन क्षेत्रलाई टेवा दिनु नै हाम्रो उद्देश्य हो, यसै क्रममा अहिले यो बृत्तचित्र तयार भएको हो’ शाक्यले भन्नुभयो ।
थाइल्यान्डले अहिले नेपाली संस्कृतिमा विशेष चासो राखेको र ३६५ वर्ल्ड च्यानलमार्फत भविष्यमा नेपाली संस्कृति सम्वन्धि अन्य सामग्रीहरु पनि निर्माणको विषयमा छलफल भइरहेको पनि शाक्यले जानकारी दिनुभयो ।
बृत्तचित्रको स्क्रीप्ट पत्रकार बिराजकाजी राजोपाध्यायले लेखेको छन् ।
Categorized in पेजथ्री