arin enterprises

ज्ञानेन्द्रले मागे प्रधानमन्त्रीको राजीनामा

SamacharDesk | २०८० जेठ २८, आइतबार

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्रविरुछ युद्ध अपराधको मुद्दा आज सर्वाेच्च्मा दर्ता भएपछि प्रधानमन्त्रीलाई सर्वाेच्चले ३० गते अदालतमा उपस्थिति हुन भनेको छ। 

आजको संसदमा विशेष समयमा बोल्दै सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री विरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरे ।

‘प्रतिनिधि सभा नियमावली २०६९ को नियम ३६ अन्तर्गत सम्माननीय प्रधानमन्त्रीज्यु यो संसदको सदस्य पनि हो।

तर आज सम्माननीय प्रधानमन्त्रीज्युको बिरुद्धमा सम्मानित सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ, र सर्वोच्च अदालतले ३० गते सम्माननीय प्रधानमन्त्रीज्युलाई अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ,’ उनले भने,

‘म सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु, यो ३० गते प्रधानमन्त्रीज्यु अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ रु’ प्रधानमन्त्रीले राजीनामा दिएर मुद्दामा प्रभाव पार्न नमिल्ने उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध आजै सर्वोच्चमा युद्ध अपराधको मुद्दा दर्ता भएको छ ।

Categorized in राजनीति