arin enterprises

ताइवानमा हाइकुई आँधीको वितण्डा

SamacharDesk | २०८० भाद्र १८, सोमबार

ताइवानमा हाइकुई नामको आँधीले हजारौंलाई विस्थापित बनाएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।

हाइकुई नामक आँधीले ताइवानका अधिकांश झुपडी बस्तीहरु ध्वस्त बनाएको छ ।

प्रतिघण्टा २०० किलोमिटरको रफटारले आएको आँधीका कारण यातायात, बिद्यालय र कलेज समेत प्रभावित भएका छन् भने हवाई उडानहरु रद्द भएका छन् ।

यतिबेला पश्चिमी प्रशान्त क्षेत्रमा टाइफुनको मौसम भए पनि हाइकुई आँधी चार वर्षमा प्रत्यक्ष रूपमा प्रहार गर्ने पहिलो ठूलो आँधी भएको बताइएको छ ।

आँधी प्रभावित सयौंलाई सुरक्षित स्थानमा सारिएको छ । हाइकुइ आँधी प्रसान्त महासागर हुँदै ताइवान प्रवेश गरेको हो ।

भारी बर्षा र आँधी अझै केही दिन जारी रहने भन्दै सर्वसाधारणलाई सकेसम्म घरभित्रै रहन अपील जारी गरिएको छ ।

आँधीबाट हङकङको जनजीवन पनि प्रभावित भएको छ ।

Categorized in अन्तर्राष्ट्रिय